काठमाडौँ ।अर्थमन्त्री प्रकाशशरण महतले एनसेलको सेयर विक्रीका विषयमा अहिलेसम्म सरकारलाई कुनै जानकारी नभएको बताएका छन् ।
मंगलबार चितवनमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले एनसेलको सेयर किनबेचका विषयमा आफूलाई जानकारी नभएको बताए । हामी सूचना लिइरहेका छौँ । यसको नियमन गर्ने निकाय नेपाल टेलिकम हो । यो ठूलो किनबेच गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ,उनले भने ।
त्यसबारे आधिकारिक रूपमा सरकारलाई जानकारी नभएको भन्दै उनले यसले पार्ने प्रभावका विषयमा टेलिकमका पदाधिकारसँग बुझ्दै गरेको बताए । मन्त्री महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको समेत दाबी गरे ।नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह(रेमिट्यान्स)बढेको छ । समस्यामा परेका व्यवसायीको समस्या समाधान हुन्छ । अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ । समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ । पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन्,उनले अघि भने,अब बिस्तारै अर्थतन्त्रमा सुधार आउँदैछ ।
उनले अर्थतन्त्र सुधारका लागि धेरै नीतिगत निर्णय भएको भन्दै ती निर्णयबाट भएको लगानीले प्रतिफल दिन समय लाग्दा अर्थतन्त्रमा केही समस्या देखिएको बताए । मन्त्री महतले अहिले सरकारले चुरे क्षेत्रको गिट्टी, बालुवा उत्खननका लागि कुनै प्रक्रिया अघि नबढाएको बताए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !