धनगढी । नेपालकै उत्कृष्ट पर्यटकीय गन्त्व्य रारामा यो वर्षको पहिलो हिमपात भएको छ । आइतबार मध्यान्ह देखि मौसममा बदली भइ गए रातिबाट वर्षासँगै हिमपात भएको हो ।
राराको निकुञ्ज र ताल क्षेत्र वरपर पनि राम्रैसँग हिमपात भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका रेन्जर जयहरि धितालले बताए । जलवायू परिर्वतनका कारण रारामा मंसिरमै हिमपात हुने थालेको उनको दाबी छ ।
हिमपात भएपछि रारा क्षेत्रमा चिसो बढेको छ । रारा घुम्न आएका आन्तरिक पर्यटक हिउँमा रमाउन थालेका छन् । पर्यटकीय क्षेत्र रारासँगै मुगुको उच्च हिमाली क्षेत्रमा पनि वर्षासँगै हिमपात भएको छ ।
मुर्मा, चुचुमारे, घुच्चीडाब र मुगुम कार्मारोङ गाउपालिकाको माथिल्लो क्षेत्र मुगु, छायाक्षेत्र, डोल्फू, सिरानचौर लगायत क्षेत्रमा अल्का हिमपात भएको छ । उच्च हिमाली क्षेत्रमा हिमपात र बेसीतिरको झरीले गर्दा मुगुमा अत्याधिक चिसो बढेको छ । मंसिरको हिमपात र वर्षाले गहुँबाली सप्रिने किसानको आशा छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !