धनगढी । धनगढी उपमहानगरपालिका ४ तारानगरमा एक घरमा ८ तोला सुनका गहना र ४ लाख नगद चोरी भएको छ । पुजाका लागि पहाड घर डोटी गएका बेला स्थानीय करन बानियको घरमा चोरी भएको हो । सपरिवार बुधबार पुजाका लागि डोटी गएका बेला घरमा आईतबार घरमा पुग्दा चोरी भएको थाहा भएको बानियाले जानकारी दिए ।
चोरले घरमा रहेको पुजा कोठाबाट नगद, दाराज फोडेर नगद र गरहना चोरी लगेको घरधनी बानियाले जानकारी दिए । आईतबार साझ घर पुग्दा चोरी भएको प्रहरीलाई जानकारी गराएपछि मुचुल्का तयार गरी अनुसन्धान गरिरहेको उनले जानकारी दिए । उनको घरबाट सुनका गरहना ८ सुन तोला, तिन लाख नगद, ४ तोला चादी सामाग्री लगेको बताएका छन् ।
घरको ढोका तोडेर चोरी भएको बताईएको छ । सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीमा चोरीको निवेदन दर्ता गराएर अनुसन्धान अगाडी बढाईने बताईएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !