काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीहरुले क्षमता भन्दा बढी ऋण लिने र लिइसकेपछि बैंकलाई गाली गर्ने प्रवृत्ति बढेकोमा आपत्ती व्यक्त गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज(सेजन) को वार्षिक साधारणसभामा बोल्दै गभर्नरले ऋण लिँदै हैसियत अनुसारमात्र व्यवसायीले ऋण लिन पनि सुझाव दिएका छन् ।
उनले भने, ‘हड्डीको साइज नहेर्ने अनि घाँटीमा अड्कियो भन्ने पनि ब्याबसायी हुन्छ ?’ गभर्नर अधिकारीले प्रश्न गरे। अधिकारीले व्यवसायीले ऋण लिँदा आफ्नो हैसियत पनि हेर्नुपर्ने बताएका हुन्।‘व्यवसायी साथीहरुलाई मेरो आग्रह छ, ऋण लिएपछि तिर्नुपर्छ’ उनले भने, ‘त्यसैले ऋण लिनेबेलामा आफ्नो क्षमता पनि हेर्नुस् ।’
गभर्नरले कुनै पनि बैंकले बैंकले ७ प्रतिशतमा ऋण लिएर १८ प्रतिशत ब्याज नलिएको समेत दाबी गरेका छन्। उनले भने, ‘कसैले १६÷१८ प्रतिशत ब्याज लिएको छ भने गुनासो लिएर आउनुस् त्यो बैंकबाट तपाईबाट लिएको बढी ब्याज फर्ता गराउँछु।’
अघिल्लो वर्षमा लिइएको बढी ब्याज गत वर्षमात्रै ४ अर्ब ७६ करोड रुपैयाँ फिर्ता गराएको उल्लेख गर्दै गभर्नर अधिकारीले भने, ‘बैंकले बढी ब्याज लिए भनेर बाहिर बहिर गुनासो गर्दै हिँड्नुभन्दा राष्ट्र बैंकमा गुनासो गर्नुस्, हामी फिर्ता गराइदिन्छौं ।’
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !