काठमाडौं। चिनियाँ कम्पनी बीवाइडीले ६० लाख न्यु इनर्जी भेहिकल उत्पादन गरेको छ। कम्पनीले तीमध्ये १० लाख गाडी पछिल्लो तीन महिनामै उत्पादन गरेको हो।
बीवाइडीले सन् २००३ देखि न्यू इनर्जी भेहिकल उत्पादन गर्दै आएको छ। विद्युतीय गाडीको माग भने पछिल्लो केही वर्षयता मात्र बढेको हो। नेपालमा समेत अहिले विद्युतीय गाडीको आयात बढिरहेको छ। आयातमा ठूलो हिस्सा बीवाइडीका गाडीको छ।बीवाइडीलेले ६० लाख भेहिकल उत्पादनलाई माइलस्टोन भनेको छ। यो संख्याको रेकर्डले विद्युतीय सवारीसाधन विकासमा आफंनो प्रतिबद्धता स्पष्ट भएको कम्पनीले जनाएको छ।
उसले उत्पादन गरेकामध्ये २ लाख गाडी चीन बाहिरको बजारमा पुगेका छन्। आफ्ना गाडी विभिन्न ५८ देशमा बिक्री भएको कम्पनीले जनाएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !