धनगढी। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले नेपालको शिक्षा नीतिमा सुधार ल्याउनु आवश्यक रहेको बताएका छन् । शुक्रवार धनगढीमा भएको एक कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री साउँदले सो कुरा बताएका हुन ।
शिक्षा नीति गरिवहरुलाई अझै गरिवी तिर धकेल्ने किसिमको रहेको भन्दै शिक्षा नीतिमा ब्यापक सुधार आवश्यक रहेको बताए । बिद्यार्थीका अभिभावकले छोराछोरी पढाउनमा लाखौँ खर्च गरेपनी शिक्षा उपयोगी र ब्यवहारिक बन्न नसकेको बताए। शिक्षा उपयोगी र ब्यवहारिक भएमा मात्र देशको बिकास हुने बताए । मन्त्री साउँदले भने,छोराछोरी पढाउँदैमा अभिभावकको सम्पती सिदिन्छ, छोराछोरी पढेर पनि रोजगारी नपाउने र रोजगारीका लागी अन्तमा बिदेश जान बाध्य हुन्छन् ।”
यसका लागि प्राविधीक शिक्षा आवश्यक भएको छ उनले भने। पुर्व नगरप्रमुख नृप बहादुर वडले शिक्षा नीतिगत रुपमा ब्यवहारिक बनाएर लैजानुपर्ने बताए । बिभिन्न टेक्निकल बिषयहरुलाई प्राथमिकता दिई सरकारी निकायले पनी यस्मा सहयोग गर्नुपर्ने बताएका छन्। यस्तै पुर्व नगरप्रमुख वडले स्थानिय सरकारले शैक्षिक शत्रको बिचमा आएर शिक्षक र विद्यालयको समायोजन गर्दा पठनपाठन बर्वाद भैरहेको बताए।
जस्ले विद्यालयको समायोजन गर्दा विद्यालय गाभिंदा बालविकास तहका साना बालबालिकालाई असर परेको छ। साना बालबालिकालाई टाढाका विद्यालय पठाउन नसकिने अवस्था आएको उनले बताए ।शिक्षकहरुको सरुवा गर्दा डरत्रासको बातावरण सिर्जना भएको उनको भनाई छ। धनगढी उप–महानगरपालिकाले कर बढाएको बिषयमा चिन्ता ब्यक्त गरेका छन्।
सालको पात बेच्ने, साईकल र ठेलामा तरकारी बेच्ने संग मोटो कर अशुली भैरहेको छ,ठेला ब्यापारीबाट लिने कर दैनिक २० रुपियाँ बाट १ सय रुपियाँ पु¥याएको ,एउटा कुखुरा बेच्दा ५० रुपियाँ नगरपालिकालाई छुट्टाउनुपर्ने भन्दै यो गलत भएको उनले बताए । त्यसैले नगरपालिका फाईदा कमाउने र कारोवार गर्ने प्राईभेट लिमिटेड होईन भनेर अहिलेको नेतृत्वले बुझ्नुपर्ने बताए। उनले नगरका ठूला योजना लथालिंग रहेको भन्दै ध्यान दिन अनुरोध गरे ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !