धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले जिल्ला समन्वय समितिले स्थानिय र प्रदेश सरकारका बिच पुलको काम गरिरहेको बताएका छन् । आजदेखि कैलालीको चुरे गाउँपालिकामा सुरु भएको जिल्ला समवन्य समितिको आठौं जिल्ला सभालाई सम्बोधन गर्दै समन्वय समितिले पुलको काम गरेको बताएका हुन् ।
उनले स्थानीय तहसंग सहकार्य, समन्वय र सहयोग गर्नुका साथै स्थानीय तहको वेथितिलाई नियमन गर्न समन्वय समितिको भुमिका रहेको बताए । उनले बिकास निर्माणदेखि दुईतहका सरकार बिच समन्वयमा राम्रो भुमिका निर्बाह गर्दै आएको र आगामी दिनमा पनि यसरीनै अघि बढ्न सुझाव दिए ।
मुख्यमन्त्री शाहले सुदुरपश्चिम सरकार प्रदेशको समग्र बिकासका लागि २०८० फागुन २३ र २४ गते लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेकोले सोही अनुसार तयारी आगाडी बढी रहेको जानकारी गराए ।
उनले भने –‘प्रदेश सरकारले गरिरहेको सम्मेलनलाई सफल पार्न सबै स्थानिय तहको सहयोग आवश्यक रहेको छ ।’
प्रकृतिक रुपले सुन्दर रहेको चुरे क्षेत्रलाई कृषि, पर्यटन संग जोडनका लागि चुरे सडक मार्ग निर्माणमा आफुले पहल कदमि गरिरहेको उनको भनाई थियो ।
कैलाली जिल्ला समवन्य समितिले आयोजना गरेको जिल्ला सभामा कैलाली जिल्लाका स्थानिय तहका नगर प्रमुख तथा उपप्रमुख र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको सहभागिता रहेको थियो ।
जिल्ला सभाले स्थानीय तहमा भएका समस्या, चुनौति, राम्रा उपलब्धी लगायतबारे छलफल गरि निर्णय जारी गर्ने जिल्ला समन्वय समितिका सूचना अधिकारी विमलप्रकाश जोशीले बताए ।
चुरे गाउँपालिकाको सभाहलमा शुरु भएको सभाको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले समुद्घाटन गरेका हुन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !