कैलाली। कैलालीको लम्की क्षेत्र दिनभर तनावग्रस्त रह्रयो। बिहीबार साझ कैलालीको लम्कीचुहा–२ मा बसको ठक्करबाट ज्यान गुमाएका मोहन्याल गाउँपालिका ७ का ३७ वर्षीय डम्बरबहादुर बिष्टका आफन्त र स्थानियले राजमार्ग अवरुद्धपछि आज दिनभर लम्की क्षेत्र दिनभर तनावग्रस्त रहेको हो।
मृतक परिवारलाई क्षतिपूर्ति दिने विषयलाई लिएर आफन्त तथा स्थानीयले राजमार्ग अवरुद्ध पारेका थिए । राजमार्ग खुलाउने क्रममा आज दिनभर पिडितपक्षको अवरोध र प्रहरीको बल प्रयोगका कारण लम्की बजारमा झडप भएको हो। प्रदर्शनकारीले राजमार्ग सञ्चालन गराउन नछोड्दा प्रहरीले लाठी चार्ज गर्दा पिडित पक्षका २ जना स्थानिय घाईते भएका छन । घाईतेको लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै प्रहरीले आन्दोकारीलाई तितरवितर गर्न ६ राउण्ड अश्रृग्यास समेत प्रहार गरेको थियो। ४ जना पिडित पक्षका प्रर्दशनकारीलाई प्रहरीले पक्राउ गरेको छ। आज विहान ८ बजे देखि अबरुद्ध पुर्बपश्चिम राजमार्ग साझ करीब ४ बजेपछी प्रहरीले बल प्रयोग गरी खुलाएको छ। पिडित पक्ष र रिभर साईड प्रालि बिच राहात र क्षेतिपुर्तिको सहमति भए संगै लम्कीमा अबरुद्ध राजमार्ग सुचारु भएको छ। पिडित पक्षले आन्दोलन फिर्ता लिएको बताइएको छ। मृतक विष्टका परिवारलाई विमा वाफत सरकारले उपलब्ध गराउने क्षेतिपुर्तिका साथै प्रालिको तर्फबाट मृतकका परिवारलाई मृतकको दाहासंस्कारका साथै परिवारलाई क्षेतिपुर्ति वाफत रकम दिने सहमति भएको जनाइएको छ।
अबरुद्ध राजमार्ग खुले संगै बिच बाटोमा नै अलपत्र परेका सयौं यातायातका सवारी साधन गन्तब्य तर्फ लागेका छन ।त्यस्तै मृतकको परिवारलाई कानुन अनुसारको क्षतिपूर्ति तथा र दोषीलाई कारबाहीको प्रक्रिया सुरु भइसकेकोले शान्ति व्यवस्था कायम राख्न कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टलले आग्रह गरेका छन् । पिडित पक्षले भने आफुहरुको माग पुरा नभए सम्म आन्दोलन जारी रहने बताएका छन। पिडितलाई न्याय र क्षेतिपुर्ति दिलाउनु पर्ने ठाँउमा प्रहरीले उल्टै बल प्रयोग गरी घाईते बनाएको बताएको छ। हिजो विहिबार साँझ पश्चिम बाट पुर्ब तर्फ आउदै गरेको ना ५ ख ८७०० नम्बरको बसले मोहोन्याल गाउँपालिका ६ का ३७ बर्षिय डम्बर बहादुर विष्टको थियो।
पुर्बपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर २ गणेशपुर चोकमा पैदलयात्रा गरीरहेको समयमा बसले ठक्कर दिदा गम्भीर घाईते भएका बिष्टलाई उपचारको लागि लालरत्न अस्पतालमा ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछी थप उपचारको लाई विष्टलाई नेपालगञ्ज मेडीकल कलेज कोहोल्पुर रिफर गरिएको थियो। घाईते बिष्टको उपचारको क्रममा कोहोल्पुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक ईलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणमा रहेका छन।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !