काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनीलाई नियुक्त गरेको छ ।
स्वास्थ्य मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तनहुँ निवासी डा.लोहनीलाई चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।डा. लोहनी स्वास्थ्य मन्त्रालयबाट १२औं तहबाट उमेरका आधारमा अवकास प्राप्त कर्मचारी हुन् । नेपालमा स्वास्थ्य बीमा सुरु गर्दाताका डा. लोहनी कार्यकारी निर्देशक थिए । गत २४ माघमा डा. सेनेन्द्रराज उप्रेतीले स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट राजीनामा दिएपछि सो पद रिक्त थियो ।
यसैगरी स्वास्थ्य मन्त्रालयकै प्रस्तावमा नेपाल स्वास्थ्य व्यवसायी परिषदको अध्यक्षमा महोत्तरी निवासी सुवोध कुमार शर्मालाई मनोनयन गर्ने निर्णयसमेत भएको सरकारका प्रवक्ता शर्माले बताइन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !