काठमाडौँ । हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई प्राप्ति गरे पश्चात् कायम भएको हिमालयन क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबार संचालन सञ्चालन हुने भएको छ। मर्जरपश्चात कायम भएको हिमालयन क्यापिटलले आज एक सूचना जारी गर्दै भोली शुक्रबारदेखि एकिकृत कारोबार सुरु गर्न लागेको जानकारी गराएको हो।
सूचनामा लेखिएको छ, ‘भदौँ २७ गते सम्पन्न दुबै कम्पनीको छुट्टाछुट्टै विशेष साधारण सभाबाट सर्वसम्मत विशेष प्रस्ताव पारित भई र नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर १२ गते प्राप्तिसम्बन्धी स्वीकृति प्राप्त भएकोले सिभिल क्यापिटल मार्केट लिमिटेडको सम्पूर्ण सम्पत्ति तथा दायित्व समेत सकार्ने गरि हिमालयन क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम प्राप्ति पश्चात् कायम भएको ‘हिमालयन क्यापिटल लिमिटेड’ को नामबाट मंसिर १५ गते शुक्रबार देखि एकीकृत कारोबार संचालन गरिने व्यहोरा सम्बन्धित सबैलाई यसै सूचना मार्फत जानकारी गराईन्छ।’
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !