काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालको अर्थतन्त्र प्रतिकुलताबाट अनुकूलतातर्फ गइरहेकाले ढुक्क भएर लगानी बढाउन विदेशी लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । बिहीबारबाट नेपाल उद्योग वाणिज्य महासघंको आयोजनामा काठमाडौंमा सुरु भएको नवौं अन्तर्राष्ट्रिय व्यापार मेला–२०२३ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पछिल्लो समय विदेशी लगानीकर्ताहरु केही नाफा कमाएपछि स्वदेश फर्किने क्रम बढेको घिमिरेले बताए । थोरै नाफा लिएर गइहालौँ भन्ने सोच्नु भन्दा पनि अनुकूलतातर्फ गइरहेको नेपालको अर्थतन्त्रबाट अब झनै फाइदा लिने गरी लगानी गर्ने बारेमा उनले जोड दिए ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !