काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
मंसिर १३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश बाड्ने निर्णय गरेको हो ।
उक्त लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण हुनेछ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !