काठमाडौं। अमेरिकी डलरको भाउमा झिनो गिरावट आउँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउमा सामान्य वृद्धि भएको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३३.०३ रुपैयाँ रहँदा बिक्री दर १३३.६३ रुपैयाँ रहेको छ। बुधबार १ अमेरिकी डलरको खरिद दर १३३.०४ रुपैयाँ र बिक्री दर १३३.६४ रुपैयाँ कायम थियो।
यस्तै, १ युरोको खरिद दर आज १४५.९९ रुपैयाँ पुगेको छ। बिक्री दर १४६.६५ रुपैयाँ छ। मंगलबार १ युरोको खरिद दर १४५.७७ रुपैयाँ र बिक्री दर १४५.४३ रुपैयाँ थियो।
आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६८.६७ रुपैयाँ र बिक्री दर १६९.४३ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६८.०३ रुपैयाँ र बिक्री दर १६८.७९ रुपैयाँ थियो।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !