काठमाडौँ । नेपालमा व्यवसायीक वातावरण बिग्रँदै गएको कारण देखाउँदै निजी क्षेत्रको दूर सञ्चार कम्पनी अजियाटा समूह एनसेल नेपालबाट बाहिरिने भएको छ । व्यावसायिक वातावरण चुनौतीपूर्ण भएको भन्दै अजियाटा समूहले एनसेलबाट बाहिरिने घोषणा गरेको हो ।
अजियाटा समूहले नेपालको एनसेलका कारणले गर्दा नोक्सानी थपिँदै गएको भन्दै एनसेलमा रहेको सेयर बिक्री गर्ने निर्णय बोर्डले गरेको छ।अजियाटाले सार्वजनिक गरेको त्रैमासिक प्रतिवेदनमा एनसेलको प्रतिफल घट्दै गएको र यसले गर्दा अजियाटाको समग्र वित्तीय विवरण प्रभावित भएको उल्लेख गरिएको छ।
सात वर्षअघि अजियाटा एनसेलमा भित्रिएको थियो। ८० प्रतिशत सेयर किनेको यो समूह यो बीचमा पुँजीगत लाभकरको विवादमा फसेको थियो।एनसेलमा बाँकी २० प्रतिशत भने नेपाली मूलका व्यवसायीको होल्डिङ रहेको सुनिभेरा क्यापिटल भेन्चरको नाममा छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !