काठमाडौं । अन्तर बैङ्क कारोबारको ब्याजदर २ प्रतिशत बिन्दुभन्दा तल झरेको छ । बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिएसँगै अन्तर बैङ्क कारोबारको ब्याजदर पनि घटेको हो ।
हाल यस्तो ब्याजदर १।९४ प्रतिशत बिन्दुको लाइनमा झरेको छ । हाल बैङ्कहरूमा निक्षेप उच्च वृद्धि भएसँगै यस्तो ब्याजदर निरन्तर घट्न थालेको हो । हाल बैंकिङ्ग प्रणालीमा ५ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ ।ब्याजदर पनि घट्दो क्रममा छ, निक्षेप बढ्दो क्रममा छ । तर, कर्जाको माग नहुँदा लगानी भने बढ्न नसकेको अवस्था छ । आर्थिक गतिविधि नबढ्दा नै बजारमा ऋणको माग नभएको नेपाल बैंकर्स सङ्घका एक सदस्यले बताए । उनले भने,–‘बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम पर्याप्त छ । ऋण लगानी गर्न बैङ्कहरू सहज अवस्था छन् । तर, बजार चलायमान नहुँदा कर्जाको माग छैन ।’
मङ्सिर महिनाका लागि बैङ्कहरूले ब्याजदर पनि घटाएका छन् । बैङ्कहरूको आधार दर पनि एकल अङ्कमा झरेको छ, जसले कर्जाको ब्याजदर पनि सस्तो हुँदै गएको छ । तर, यस्तो अवस्थामा पनि कर्जाको माग भने नबढेको बैंकरहरु बताउँछन् ।
एक बैंकरले भने,–‘अहिले अधिकांश बैङ्कहरूको आधार दर एकल अङ्कमा छ । यसले कर्जाको ब्याजदर समेत सस्तिएको छ । तर, आर्थिक शिथिलताका कारण बजारमा माग नै छ । त्यसले पनि कर्जा लगानी बढ्न सकिरहेको छैन ।’बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिँदै गएपछि अन्तर बैङ्क ब्याजदर पनि घटेको छ । यता, बैङ्क तथा वित्तीय संस्थाहरूको कर्जा निक्षेप अनुपात ९सिडी रेसियो० पनि घट्न थालेको छ । अहिले यस्तो अनुपात ८१ प्रतिशत बिन्दुमा आइपुगेको छ ।
बैङ्क तथा वित्तीय संस्थाहरू हाल कर्जा लगानीका लागि निकै सहज अवस्थामा देखिएका हुन् । बैङ्क तथा वित्तीय संस्थाहरूले सिडी रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरी कर्जा प्रवाह गर्न पाउँछन् । गत वर्षहरू बैङ्कहरू सिडी रेसियो बढेपछि कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका थिए । तर, पछिल्लो समयमा बैङ्कहरूमा अधिक तरलता थुप्रिएको छ भने कर्जाको माग हुन सकिरहेको अवस्था छैन ।
राष्ट्र बैङ्कको पछिल्लो अपडेट अनुसार हाल बैंकिङ्ग प्रणालीमा ५९ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप रहेको छ । वाणिज्य बैङ्कहरूसँग मात्रै ५२ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । तर, निक्षेपको तुलनामा कर्जा लगानी भने बढ्न सकेको छैन । हाल बैङ्क तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४९ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ । वाणिज्य बैङ्कहरूको मात्रै ४४ खर्ब ३ अर्ब पुगेको छ ।
गत वर्षहरुमा बैंकहरु सीडी रेसियो बढेपछि कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका थिए । तर, पछिल्लो समयमा बैंकहरुमा अधिक तरलता थुप्रिएको छ भने कर्जाको माग हुन सकिरहेको अवस्था छैन ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !