काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्कास विरूद्द परेको रिटमा कारण देखाउ आदेश जारी भएको छ । सर्वोच्च अदालतले सोबार रीट निवेदनमाथि सुनुवाइ गर्दै उक्त आदेश दिएको हो ।
कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति दिएको भन्दै गत शुक्रबार अधिवक्ता यमप्रसाद भट्टराई र भीमसेन रायमाझीले धितोपत्र बोर्ड र बीमा प्राधिकरणलाई बिपक्षी बनाए दायर गरेको रिटमा अदालतले कारण देखाउ आदेश जारी गरेको हो ।
कम्पनीले अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्काशन गरेको छ । कम्पनीले अहिले रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई आईपीओ निष्कासन गरिरहेको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !