काठमाडौं । अमेरिकी डलरको मूल्य आज उच्च विन्दुमा स्थिर रहेको छ। १ अमेरिकी डलरको बिक्री दर शनिबार हालसम्मकै उच्च १३३.७० रुपैयाँ पुगेको थियो। आज पनि अमेरिकी डलरको मूल्य सोही विन्दुमा स्थिर रहेको हो। १ अमेरिकी डलरको खरिद दर १३३.१० रुपैयाँ रहेको छ।
डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य भने बढेको छ।हिजो १ युरोको बिक्री दर १४५.२५ रुपैयाँ र बिक्री दर १४५.९१ रुपैयाँ थियो। आज १ युरोको खरिद दर १४५.६२ र बिक्री दर १४६.२८ रुपैयाँ कायम भएको छ।
यस्तै, १ पाउण्डको बिक्री दर आज १६७.७७ रुपैयाँ र बिक्री दर १६८.५३ रुपैयाँ तय भएको छ। हिजो १ पाउण्डको बिक्री दर १६७.९० रुपैयाँ र खरिद दर १६७.१५ रुपैयाँ थियो।
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !