काठमाडौं। एक दर्जनभन्दा धेरै मोडल बजारमा आइसकेको पल्सरको एन १६० सिंगल-च्यानल एबीएस मोडलको उत्पादन बन्द भएको छ।
बजाजले मागमा कमीको कारण देखाउँदै एक वर्षमै उत्पादन बन्द गरेको हो। यो बाइक गत वर्ष मात्र बजारमा सार्वजनिक भएको थियो। यसलाई कम्पनीले स्पोर्टी लुक्समा डिजाइन गरेको थियो।
यो बाइकले टीभीएस अपाच्चे आरटीआर १६० फोरभी, हिरो एक्स्ट्रिम १६० फोरभी, यामाहा एफजेड(एस भीथ्री र सुजुकी जिक्सरसँग प्रतिस्पर्धा गरिरहेको थियो। अबदेखि यो बाइक डबल एबीएस भेरियन्टमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ।
यो बाइक नेपाली बजारमा डबल च्यानल एबीएस भेरियन्ट मात्र उपलब्ध छ। नेपाली बजारमा यसको मूल्य ३ लाख ९३ हजार ९०० रुपैयाँ छ।
यो बाइकमा १६४.८२ सीसी सिंगल(सिलिन्डर भएको एयर-आयल-कुल्ड इन्जिन उपलब्ध छ। यसले १५.७ ब्रेक हर्सपावर र १४.६५ एनएम पिक टर्क उत्पादन गर्न सक्छ। यसमा फाइभ स्पिडको गियरबक्स छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !