धनगढी । पक्राउ परेका धनगढीका शेख मुनिर अहमदलाई प्रहरी म्याद थप गरेको छ । धनगढीका भोजराज बिकले आर्थिक लेनदेनका आधारमा जाहेरी दर्ता गरेपछि प्रहरीले सार्बजनिक मुद्धा अन्तरगत कार्वाही अघाडी बढाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शेख मुनिरलाई थप थुनेर अनसन्धान प्रकृया अगाडी बढाएको छ ।
प्रहरीका अनुसार उनीविरुद्ध दर्जनौं मुद्दाहरु जिप्रका कैलालीमा दर्ता भएका छन्। उनीविरुद्ध प्रहरीमा कब्जा, ठगी, मिटरव्याज, जग्गा हडपेको, चेक अनादर,अभद्र व्यवहार लगायतका मुद्दा रहेको बताइएको छ ।केही समयअघि उनी धनगढीकै मुस्लिम समुदायमा दङ्गा गराएको आरोपमा पक्राउ पर्ने भएपछि भागेर लुक्दै आएका थिए। उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा थुनुवा कक्षमा राखिएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !