धनगढी । नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसन ९नेभ्ला० को ३४ औँ स्थापना दिवसका अवसरमा जिल्ला कार्य समिति कैलालीले एक दिने निःशुल्क पशु स्वास्थ्य शिविरको आयोजना गरेको छ। नेभ्ला कैलालीले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीको सहयोग तथा विभिन्न औषधि कम्पनीको प्रायोजन र चुरे गाउँपालिका वडा नम्बर ४ को सहकार्यमा गर्भा दरवार परिसरमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविरको आयोजना गरेको हो।
नेभ्ला कैलालीका अध्यक्ष विमल जोगीको अध्यक्षतामा सम्पन्न शिविरमा प्रमुख अतिथि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीका प्रमुख डाक्टर हेमराज अवस्थी, विशिष्ठ अतिथि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका डाक्टर लोकेन्द्र न्यौपाने, विशिष्ठ अतिथि नेभ्लाका प्रदेश संयोजक तथा केन्द्रीय उपाध्यक्ष धनबहादुर चौधरी, नेभ्ला केन्द्रीय सदस्य कविराज कठायत, नेभ्ला सुप प्रशिक्षण विभाग इन्चार्ज दीपक चौधरी, भेटेरिनरी अस्पतालका डाक्टर मिलन खनाल, चुरे गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य टेकबहादुर साउँद लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !