काठमाडौं। स्वास्थ्य सेवासँग सम्बन्धित सुविधाको उपलब्धतामा सुदूरपश्चिम प्रदेश सबैभन्दा पछाडि देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको वार्षिक समीक्षामा प्रस्तुत ‘नेपाल हेल्थ फ्याक्ट सिट २०२३’ले उक्त अवस्था देखाएको हो।
सुदूरपश्चिम बाहेक ६ प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज सञ्चालनमा छन्। कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालित छ। तर, सुदूरपश्चिममा अहिलेसम्म कुनै मेडिकल कलेज सञ्चालनमा आउन सकेको छैन। बहुप्रतिक्षित गेटा मेडिकल कलेज समेत संघीय सरकारको अरुचिका कारण सञ्चालनमा ढिलाइ भइरहेको छ।
१०० बेड भन्दा माथिका अस्पतालमा पनि सुदूरपश्चिम पुछारमा छ। बागमतीमा सबैभन्दा धेरै २६ अस्पताल रहेकोमा सुदूरपश्चिममा जम्मा २ वटा छन्। कर्णालीमा समेत ३ वटा ठूला अस्पताल सञ्चालित छन्।
सार्वजनिक अस्पताल सुदूरपश्चिममा जम्मा १८ वटा रहेका छन्। जबकि कर्णालीमा २८ र बागमतीमा ५४ रहेको तथ्यांकमा देखिएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !