काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आफूहरुलाई निहु खोजेर आउने कसैलाई नछाड्ने चेतावनी दिएका छन् । तीनकुनेमा युवा संघको शक्ति प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले सरकारको अकर्मण्यताकै कारण दुर्गा प्रसाईँ जस्ता अराजक व्यक्तिहरुले गणतन्त्रमाथि धावा बोल्ने मौका पाएको बताएका छन् । बस्नेतले सम्बोधनका क्रममा दुर्गा प्रसाईं बहुलठ्ठी भएको टीप्पणी गरे ।
उनले भने, ‘एमालेले समाज रुपान्तरणको अभियान चलाउने हो । हामी कसैलाई हस्तक्षेप गर्दैनौं । कसैको विरुद्ध कार्यक्रम गर्दैनौं । तर, हाम्रो कार्यक्रमविरुद्ध निहु खोजेर आउँछ भने हामी छाड्दैनौं। ’सम्बोधनका क्रममा बस्नेतले प्रधानमन्त्री प्रचण्डमाथिपनि खनिन भ्याए । प्रधानमन्त्री प्रचण्ड पनि नसच्चिए सिंहदबारको कुर्सीबाट ल्याएर सडकमा पछार्ने अभिव्यक्ति दिए ।
उनले भने, ‘हामीले कानून मान्यौं निषेधित क्षेत्र तोडेनौं प्रचण्डजीलाई पनि चेतावनी दिन चाहन्छु तपाईं सच्चिनुभएन भने तपाईंको ३२ सिटे पार्टी र तपाईं जोगिन नेपाली जनताको भविष्य अन्धकारमय बनाउनुभयो भने सिंहदबारको कुर्सीबाट ल्याएर माइतीघरमा होकि तीनकुनेको सडकमा पर्छार्ने हो त्यो तागत एमालेसँग छ ।’
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !