काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्ष पदबाट डा. उपेन्द्र महतोले राजीनामा दिएका छन् । मंसिर ७ गते उनले सञ्चालक समितिसमक्ष राजीनामा दिएका हुन् । उनी गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापकसमेत हुन् ।
उनको राजीनामा समितिले स्वीकृत गरेको बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ ।साथै बैंकले हालका सञ्चालक समिति सदस्य रोशन केसीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको जनाएको छ । केसी पोखरा महानगरपालिका-७ का स्थायी बासिन्दा हुन् ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !