काठमाडौँ । नेपालले भारतबाट नश्ल सुधारका लागि १५ वटा मुर्रा राँगा ल्याएको छ । बाँकेको नेपालगञ्जस्थित रुपैडिया–जमुनाहा नाकाबाट १५ वटा मुर्रा राँगा भित्र्याइएको हो ।
नेपालगञ्जस्थित पशु क्वारेन्टाइन कार्यालयका प्रमुख डा. विनय कुमार कर्णका अनुसार ती राँगा दुई वटा ट्रकमा ल्याइएको हो । नेपालगञ्जस्थित पशु होल्डिङ्ग सेन्टरमा राखेर स्वास्थ्य परीक्षण प्रक्रिया पूरा भएपछि मात्रै तिनलाई देशका विभिन्न स्थानमा पठाइने छ ।
मुर्रा राँगा कृत्रिम गर्भाधानका लागि पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखरा, नेपालगञ्ज र लहान मा राखिने छ । पोखरा केन्द्रमा सात वटा, लहानमा पाँच वटा र नेपालगञ्ज प्रजनन् केन्द्रमा तीन वटा राँगा राखिने पशुविकास अधिकृत डा। माधव प्रसाद आर्यालले बताएका छन् ।
मुर्रा जातको नश्ल सुधारका लागि ल्याएको राँगाको वीर्यबाट वार्षिक ४० हजार पाडापाडी उत्पादन हुने बताइएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !