काठमाडौं । काठमाडौं उपत्यका आसपासमा बुधवार मध्यराति भूकम्पको ठूलो धक्का महसुश गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । बिहान १ बजेर १९ मिनेटमा भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौं आसपासका जिल्लामा समेत महसुश गरिएको सर्वसाधारणले सामाजिक सञ्जालमा लेखेका छन् । भूकम्पका कारण निन्द्राबाट बिउँझिएका सर्वसाधारणले शक्तिशाली धक्का महसुश गरिएको सामाजिक सञ्जालमा लेखेका छन् ।
पछिल्लो पटक कात्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर मानवीय क्षती हुनेगरी शक्तिशाली भूकम्प गएको थियो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !