काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी गर्ने तिर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले उनीहरुलाई सम्मान गरेका हुन् ।
राष्ट्रिय कर दिवसको अवसरमा आयोजित राष्ट्रिय कर सप्ताहको समापन समारोहमा आज आन्तरिक राजस्व विभागले बढी कर तिर्ने करदाताहरुलाई सम्मान गरेको हो । विभिन्न १६ विधामा बढी कर तिर्ने करदाताहरुलाई सम्मान गरिएको हो ।
हेर्नुस विभिन्न १६ विधामा सबैभन्दा बढी कर तिरेर सम्मानित हुने करदाता –
सबैभन्दा बढी आयकर दाखिला गर्ने- नेपाल टेलिकम
निर्यात कारोबार मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने – डाबर नेपाल
विशेष उद्योग मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने – एशियन पेन्ट्स
कृषि एवम् पशुजन्य उद्योग मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने -ओबिसी फुड्स एण्ड फिड्स
सहकारी तथा लघुवित्त मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने – छिमेक लघुवित्त
बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा बढी कर दाखिला गर्ने – ग्लोबल आईएमई बैंक
बीमा व्यवसाय मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने – लाइफ इन्स्योरेन्स कर्पोरेशन
स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने – नोबेल मेडिकल कलेज
पर्यटन व्यवसाय मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने – मनकामना दर्शन
वस्तु व्यापारको कारोबार मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने-भाटभेटेनी सुपर मार्केट
मध्यम स्तरीय करदाता मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने – नेपाल स्टक एक्सचेन्ज नेप्से
उर्जा उद्योग मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने – भोटेकोशी पावर कम्पनी
रेमिटेन्स तथा मणि ट्रान्सफर तर्फ सबैभन्दा बढी कर दाखिला गर्ने – आईएमई लिमिटेड
व्यक्तिगत आयमा सबैभन्दा बढी कर दाखिला गर्ने – विजय कुमार शाह
सबैभन्दा बढी आन्तरिक राजस्व दाखिला गर्ने – सुर्य नेपाल प्राली
वि.सं. २०७५ श्रावण देखि २०८० आषाढम सान्तसम्मको कर अवधीमा मु.अ.कर विवरण र सो बमोजिमको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये आ.व.२०७९/८० मा सबैभन्दा बढी मु. अ.कर दाखिला गर्ने -सुर्य नेपाल प्राली
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !