काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज(मंसिर ६ गते) अन्तिम दिन रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर ७ गते बुकक्लोज गर्ने भएको हुँदा मंसिर ६ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले ३७औं वार्षिक साधारण सभा मंसिर २४ गतेका लागि बोलाएको छ ।
सभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा दिउसो १ बजे बस्ने गरी आव्हान गरेको हो । त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने एजेण्डा रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !