काठमाडौं। नेपालमा पहिलोपटक बुक बिल्डिङमार्फत सेयरको सार्वजनिक निष्कासन हुन लागेको छ। सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक बिल्डिङ प्रणालीमार्फत मंसिर ६ गतेबाट सेयरको सार्वजनिक निष्कासन गर्ने भएको हो।
सेयर निष्कासनमा बुक बिल्डिङलाई सबैभन्दा वैज्ञानिक र राम्रो विधि मानिन्छ। प्रिमियम मूल्यमा सेयर निष्कासनको अनुमति दिँदा नेपाल धितोपत्र बोर्ड(सेबोन) एकपछि अर्को गरी विवादित भइरहेका बेला सर्वोत्तम सिमेन्टले देशमै नयाँ प्रयोग गर्दै बुक बिल्डिङ विधि रोजेको हो। विश्वका अन्य मुलुकमा भने बुक बिल्डिङलाई परिपक्व प्रणाली मानिन्छ।
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत आफ्नो जारी पुँजी ४ अर्ब ६५ करोडको १२.९०३३ प्रतिशत हुन आउने ६० करोड रुपैयाँको सेयर निष्कासन गर्न लागेको हो। योग्य संस्थागत लगानीकर्ता(क्यूआईआई) का लागि ४० प्रतिशत अर्थात २४ लाख कित्ता सेयर मंसिर ६ देखि १० गतेसम्म जारी गर्नेछ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !