काठमाडौं । इमेज बचत तथा ऋण सहकारीबाट बचतकर्ताको करिब डेढ अर्ब हिनामिना गरेर ६ महिनादेखि फरार रहेका ढोरपाटन नगरपालिकाका प्रमुखसमेत रहेका सहकारी अध्यक्ष देवकुमार नेपाली सम्पर्कमा आएका छन् ।
उनले बचतकर्ताको पैसा काठमाडौं उपत्यका सहित ४२ ठाउँको घरजग्गा बेचेर वा घरजग्गा नै हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । अध्यक्ष नेपालीले मंगलबार विज्ञप्ति जारी गर्दै बचतकर्ताको पैसा फिर्ता गर्ने प्रतिबद्धता जनाएका हुन् ।उनले श्रीमतीको नाममा भएको बुर्तिबाङ, बागलुङ, पोखरा र काठमाडौं मा रहेका ४५ कित्ताहरु मध्ये बुर्तिबाङ मा ७ वटा घर, बागलुङमा २ वटा घर, पोखरा मा ३ वटा घर, काठमाडौंमा ६ वटा घर गरी जम्मा १८ वटा घर र ४४ वटा कित्ता बेचेर पैसा तिर्ने जनाएका छन् ।
घरजग्गा सहकारीको पैसाले नकिनेको नेपालीले जारी विज्ञप्तिमा भनेका छन् । ‘यी सम्पत्तिहरु इमेजको पैसाले जोडेको हो भन्ने नसोच्नु होला,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी आफैँले कमाएको सम्पत्ति हो तर यो सम्पत्ति करिब ३ अर्बभन्दा बढीको छ ।’
सहकारीको समस्या बचतकर्ता हरुको समस्या समाधानको लागी सम्पूर्ण बचतकर्ता हरुको नाममा आफनो र श्रीमतीको नाममा भएको घर जग्गा विभिन्न मालपोत कार्यालयमा गई हस्तान्तरण गर्न चाहेको जनाएका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !