काठमाडौँ । डलरको मूल्य फेरि एक साता अघिकै उच्च विन्दुमा पुगेको छ। कात्तिक २५ गते १ डलरको बिक्री दर हालसम्मकै उच्च विन्दु १३३.६५ रुपैयाँ तय भएको थियो। त्यसपछि तीन दिनसम्म स्थिर रहेको डलरको मूल्य फेरि घटेको थियो।
आज भने डलरको मूल्य फेरि १३३.६५ रुपैयाँ पुगेको छ। आज १ डलरको खरिद दर भने १३३.०५ रुपैयाँ छ।आज युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य पनि बढेको छ।
आज १ युरोको खरिद दर १४५.३६ रुपैयाँ र बिक्री दर १४५.६८ रुपैयाँ तय भएको छ। यस्तै, १ पाउण्डको बिक्री दर १६६.४६ रुपैयाँ र बिक्री दर १६५.८७ रुपैयाँ रहेको छ।
हेरौं आजको विनिमयदर
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !