काठमाडौं । दुधजन्य पदार्थ उत्पादन गरी बिक्री गर्ने लक्ष्मी ग्रुपको सुजल डेरीको कारोबार १६ करोड ३० लाख रुपैयाँ बढेको छ। कम्पनीले सन् २०२२र२३ मा १ अर्ब ८६ करोड ९० लाख रुपैयाँ (अपरिष्कृत) व्यापार गरेको छ। अघिल्लो वर्ष २०२१/२२ मा कम्पनीको व्यापार १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ थियो।
२०२०/२१ मा १ अर्ब २१ करोड, २०१९/२० मा १ अर्ब १९ करोड र २०१८/१९ मा १ अर्ब रुपैयाँ बढीको व्यापार गरेको थियो।
कम्पनीले विभिन्न प्रकारका दुध, दही, आइसक्रिम, धुलो दुध, बटर, घिउ, पनिरलगायत उत्पादन गर्छ।कम्पनीमा गणेशबहादुर श्रेष्ठ, सुनिल श्रेष्ठ, अन्जन श्रेष्ठ, निरन्जन श्रेष्ठ र निराकार श्रेष्ठको समान १८/१८ प्रतिशत सेयर स्वामित्व छ। बाँकी १० प्रतिशत हिस्सा सुजल फुड प्रालिको हिस्सा छ। जुन लक्ष्मी ग्रुपअन्तर्गतकै कम्पनी हो।
कम्पनीले सफल र लभ बर्ड्स ब्राण्डमा आफ्नो उत्पादन बिक्री गर्छ।कम्पनीले ९३ करोड २६ लाख रुपैयाँको बैकिङ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ पाएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !