काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी)नेपालको खुद नाफा झण्डै दुई गुणाले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
चालु आवको तीन महिनामा कम्पनीले ५ करोड ९७ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोही अवधिमा तुलनामा भने १.८८ गुणा अर्थात् ८८.५४ प्रतिशतले बढी हो । गत आवको असोज मसान्तसम्ममा कम्पनीले ३ करोड १६ लाख ८० हजार रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ५१ करोड ५ लाख रुपैयाँ पुगेको छ । यता, खुद बीमा शुल्क आर्जन भने ४ अर्ब ४९ करोड १० लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, कम्पनीको कमिसन आम्दानी भने झण्डै साढे १३ लाख रुपैयाँले घटेर ११ लाख ८७ हजार रुपैयाँ कायम भएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको यस्तो आम्दानी २५ लाख ३० हजार रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिसनका लागि ३० करोड ६२ लाख ९५ हजार रुपैयाँ खर्चिएको छ । यद्यपि, यो गत आवको पहिलो त्रैमासको तुलनामा भने १४.१२ प्रतिशतले घटेको हो । गत आवको पहिलो तीन महिनामा कम्पनीको यस्तो खर्च ३५ करोड ६६ लाख ६९ हजार रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीको लगानी तथा ऋणबाट २ अर्ब २८ करोड ९४ लाख ९० हजार रुपैयाँ आम्दानी गरेको छ । बीमितलाई प्रवाह गरिएको ऋणबाट हुने ब्याज आम्दानी पनि ५३ करोड १८ लाख ४० हजार रुपैयाँ कायम भएको छ।
कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ्ग २ अर्ब ६० लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार पनि दोहोरो अङ्क ९१२.९१ प्रतिशत०ले बढेर १ खर्ब १० अर्ब ५२ करोड १४ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि ४ रुपैयाँ ७८ पैसाबाट बढेर ९ रुपैयाँ ०१ पैसा कायम भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !