काठमाडौं । कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आगामी मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले व्यक्तिगत तर्फ निक्षेपमा ९.०१० देखि १०.५१२ प्रतिशतसम्म ब्याजदर तोकेको छ । संस्थागत तर्फ ८.०१२ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
कात्तिकको तुलनामा बैंकले यस्तो ब्याजदर घटाएको हो । कात्तिक महिनामा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९.२६ देखि १०.७६ प्रतिशतसम्म र सस्थागत तर्फ ८.२६ प्रतिशत रुपैयाँ ब्याजदर कायम भएको छ । यस्तै, बैंकले बचतमा ५.२५ देखि ८ प्रतिशत ब्याज प्रदान गर्दै आएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !