काठमाडौं । काठमाडौं उपत्यकामा इलेक्ट्रिक ट्याक्सीबाट सेवा दिन छुट्टै राइड सेयरिङ एप ‘ई-ड्राइभ नेपाल’ सञ्चालनमा आएको छ। केही दिनअगाडि ई-ड्राइभ नेपालले टाटाको ४० वटा एक्सप्रेस टी एकैसाथ ट्याक्सीका रुपमा सञ्चालनमा ल्याएको हो।
अन्य सेवाभन्दा सस्तो, नयाँ गाडी, दुर्घटना बिमा, ओपीटी प्रणाली र जीपीएस प्रणाली जडान गरी निकै सुरक्षित प्रविधिका साथ सञ्चालनमा ल्याइएकाले ‘ई–ड्राइभ नेपाल एप’ सेवाग्राहीको आकर्षण हुने कम्पनीले जनाएको छ ।
हाल कम्पनी आफैले २० वटा ट्याक्सी सञ्चालनमा ल्याइसकेको छ । थप सय वटा ट्याक्सी सञ्चालन गर्ने तयारी गरिसकेको र त्यो खरिद प्रक्रिया अन्तिम चरणमा पुगिसकेको कम्पनीले बताएको छ ।
कम्पनीका अध्यक्ष राजेश मास्केका अनुसार कम्पनी आफैँले इलेक्ट्रिक ट्याक्सी किनेर चालकलाई किस्ताबन्दीमा उपलब्ध गराउने गरी ई-ड्राइभ नेपाल राइड सेयरिङ एप सञ्चालनमा ल्याइएको हो। उनले कम्पनीले इलेक्ट्रिक ट्याक्सी मात्रै चलाउने बताए।
यसका लागि पहिलो चरणमा टाटाको एक्सप्रेस टी ४० वटा इलेक्ट्रिक ट्याक्सीमार्फत सेवा दिइने उनले बताए ।हामी आफैँले इलेक्ट्रिक ट्याक्सी किनेर चालकलाई उपलब्ध गराउनेछौँ,’ उनले भने, ‘ट्याक्सी लिन चाहने चालकले सुरुमा ७ लाख रुपैयाँ तिर्नुपर्छ। महिला चालक भएमा ५ लाख मात्रै तिरे पुग्छ। यसपछि मासिक ७० हजार रुपैयाँको हाराहारीका दरले किस्ता बुझाउनुपर्छ।’
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !