काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले एकै पटक ठूलो संख्यामा कर्मचारी माग गरेको छ। प्राधिकरणले आज शुक्रबार सूचना प्रकाशन गर्दै खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी करिब ४०० कर्मचारीको लागि दरखास्त आह्वान गरेको हो।
प्राधिकरणले अधिकृततहदेखि प्राविधिकसम्म गरि करिब ४०० कर्मचारी माग गरेको हो।प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको छ।
प्राधिकरणले दशौ तह अर्थात् अधिकृत तहमा प्रशासनतर्फ एक जना सहनिर्देशक, प्राविधिकतर्फ एक जना प्रवन्धक मागेको छ।
प्राधिकरणले मङ्सिर १४ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सकिने जनाएको छ । दोब्बर दस्तुर तिरेर भने मङ्सिर २१ गतेसम्म आवेदन दिन सकिने छ ।
यहाँ क्लिक गरेर पुरा सूचना हेर्न सकिने छ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !