काठमाडौँ। कामना सेवा विकास बैंकले सेयरधनीलाई लाभांश नदिने भएको छ। बैंकले गत आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कात्तिक २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्म कायम रहेको वितरण योग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैंकका अनुसार गत आवको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरिएको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !