काठमाडौैं । वित्तीय विवरण समयमा पेश नगर्ने ८८ सूचीकृत कम्पनीलाई धितोपत्र बोर्डले स्पष्टीकरण सोधेको छ । ईतिहासमै पहिलोपटक बोर्डले यती धेरै सूचीकृत कम्पनीहरुलाई सपष्टिकरण सोधेको हो । समयमा गत आवको र चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण नबुझाएको भन्दै सोमबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले ८८ कम्पनीलाई पहिलो चरणमा स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
समयमा नै बोर्डमा बुझाउनु पर्ने विवरण नबुझाउने कम्पनीलाई पत्राचार गरेको १५ दिनमा जवाफ नपठाएको खण्डमा बोर्डले धितोपत्र ऐन अनुसार जरिवाना तिराउन सक्ने व्यवस्था रहेको छ । सो कारण समयमा नै वित्तिय विवरण पेश नगर्ने कमपनीहरुलाई बोर्डले मंगलबार पत्र पठाएको बोर्डका सूचना अधिकारी तेज प्रसाद अधिकारीले जानकारी दिएका छन् ।धितोपत्र बोर्डले साउन ११ गते समयमा नै वित्तीय विवरण प्रकाशित गर्न आह्वान गरेको थियो ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १४ मा विवरणहरु त्रैमासिक अवधि समाप्त भएको तीस दिनभित्र बोर्ड समक्ष पेश गर्ने र त्यस्तो प्रतिवेदन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ ।
समयमा जवाफ नपाएको खण्डमा कारवाहीको प्रकृया अघि बढाईने बोर्डले जनाएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !