काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बरुण हाइड्रोपावर कम्पनी २ करोड ९ लाख रुपैयाँ नोक्सानीमा गएको छ ।
कम्पनीबाट सञ्चालित विद्युत् आयोजनाको उत्पादन बन्द भएपछि नोक्सानीमा गएको हो ।
असारको पहिलो साता आएको बाढीका कारण हेवाखोला आयोजनामा क्षति पुगेपछि विद्युत् उत्पादन ठप्प छ । जसले गर्दा कम्पनी अहिले नोक्सानीमा पुगेको हो । गत वर्षको पहिलो त्रैमासिक अवधिमा कम्पनीले ३ करोड २४ लाख रुपैयाँको विद्युत् बिक्री गरेको थियो भने ९९ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
अहिले कम्पनी नोक्सानी गएपछि वाषिर्क प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६६ पैसा ऋणात्मक भएको छ । प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ छ । सेयर बजारमा कम्पनीको मूल्य प्रतिकित्ता २०३ रुपैयाँमा झरेको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !