काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले पश्चिम नेपालको जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प प्रभावित क्षेत्रको उद्धारको लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले आज आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम अर्थ मन्त्रीमार्फत प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा हस्तान्तरण गरेको हो ।
कम्पनीले दशौं वार्षिकोत्सवको औपचारिक कार्यक्रम स्थगित गरेको छ । १७ गते राती जाजरकोट केन्द्रविन्दु भई ६.४ म्याग्निच्यूडको भूकम्प गएपछि उत्पन्न मानवीय हताहती एवं आर्थिक क्षतिका कारण निर्धारित वार्षिकोत्सव कार्यक्रम स्थगित गरेको हो ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले १७ गते दिउँसो रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा कम्पनीका सीईओसहित ६८ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा ८० जनाले सहभागिता जनाएकामा ६८ जनाले रक्तदान गरेका हुन् । रक्तदाताप्रति नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आभार व्यक्त गरेको छ ।
साथै, कम्पनीले आज बिहान सम्पन्न गरेको प्रभातफेरि कार्यक्रममा सहभागि भएका सम्पूर्णलाई धन्यवाद व्यक्त गरेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !