काठमाडौं । सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डलाई स्पष्टीकरण सोधेको छ । समितिमा प्रिमियम मूल्यमा आईपीओ निष्कासनको स्वीकृति दिंदा अनियमितता भएको भन्दै उजुरी परेपछि समितिले बोर्डलाई स्पष्टीकरण सोधेको हो ।
पछिल्लो केही समय यता उत्पादनमूलक समूहका सिमेन्ट उद्योग मात्रै नभएर आयोजनाको उत्पादन मिति तोकिएको हाइड्रोपावर कम्पनीले पनि धमाधम प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने स्वीकृति पाइरहेका छन् । हिमालयन रि(इन्स्योरेन्स कम्पनी र जीवन बीमा कम्पनीलाई पनि बोर्डले प्रिमियममा आईपीओ निष्कासन गर्ने स्वीकृति दिएको थियो ।
प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्न स्वीकृति दिंदा अनियमितता भएको भन्दै समितिमा उजुरी परेपछि बोर्डलाई जवाफ माग गरेको सार्वजनिक लेखा समितिले जनाएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !