काठमाडौं । संचालनमा रहेका ८ वटा राष्ट्रिय स्तरका विकास बैंकहरुले आर्थिक वर्ष शुरु भएको तीन महिनामा कुल १ अर्ब बढी नाफा कमाएका छन् ।सार्वजनिक चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा बैंकहरुले १ अर्ब १० करोड ७५ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् । तर, गत आवको सोही अवधिको तुलनामा भने सामान्य (०.९४ प्रतिशत) मात्रै बढी हो । गत आवको असोज मसान्तमा पनि बैंकहरुले कुल १ अर्ब ९ करोड ७२ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।
विवरणअनुसार तीन वटाको नाफा बढेको छ भने अन्य पाँच वटा विकास बैंकको नाफामा गिरावट देखिएको छ । समिक्षा अवधिमा कामना सेवा, लुम्बिनी विकास र गरिमा विकास बैंकको नाफा बढेको छ । तर, मुक्तिनाथ,शाइन रेसुङ्गा, महालक्ष्मी विकास, ज्योति विकास र सांग्रिला डेभलपमेन्ट बैंकको नाफा घटेको छ ।
समिक्षा अवधिमा सबैभन्दा धेरै नाफा कामना सेवा विकास बैंकले बढाएको छ । गत वर्षको असोज मसान्तसम्ममा बैंकले कुल ४ करोड १५ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने बैंकले ११ करोड ९५ लाख २१ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा १८७.५८ प्रतिशतले बढी हो ।
यस्तै, नाफा वृद्धिमा लुम्बिनी विकास बैंक पनि अगाडि नै देखिएको छ । समिक्षा अवधिमा बैंकको नाफा १४३.९६ प्रतिशतले वृद्धि भई १७ करोड ३२ लाख ८० हजार रुपैयाँ कायम भएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले ७ करोड १० लाख २९ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
यता, गरिमा विकास बैंकले पनि नाफा वृद्धि गरेको छ । गत वर्षको पहिलो त्रैमासमा बैंकले १९ करोड ३३ लाख २८ हजार रुपैयाँ नाफा कमाएको थियो । तर, यस वर्षको सोही अवधिमा भने बैंकले ४.२५ प्रतिशत बढाएर खुद नाफा २० करोड १५ लाख पुर्याएको छ । बैंकको यो नाफा रकमका आधारमा भने दोस्रो धेरै हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !