काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड स्वास्थ्यकर्मीको टोलीसहित आफैं जाने भएका छन् ।
जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति पौने १२ बजे ६. ४ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमा ५० भन्दा बढीको मृत्यु र कैयन घाइते भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि खटिन सबैलाई अपिलसमेत गरेका छन् । उद्धारका लागि सुर्खेतबाट तीन वटा हेलिकोप्टर परिचालन गर्ने तयारी गरिएको छ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !