काठमाडौं । आजदेखि सरकारी कार्यालय अपराह्न ४ बजेसम्म मात्रै खुल्नेछन्। जाडो समयमा सरकारी कार्यालयको दैनिक सेवा समय एक घन्टा कम हुने प्रावधान अनुसार आजदेखि माघ १६ गतेसम्म सरकारी कार्यालय अपराह्न ४ बजेपछि बन्द हुनेछ। सरकारले राजपत्रमा सूचना प्रकाशित गरेरै कार्यालय समय तोक्छ।
जसअनुसार वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुने व्यवस्था छ भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने व्यवस्था छ। त्यस्तै आजबाट बैंकिङ समय अपराह्न ३ बजेसम्म हुनेछ।
राष्ट्र बैंकले वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजदेखि अपराह्न ४ बजेसम्म बैंकिङ समय रहने तोकेको छ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजदेखि अपराह्न ३ बजेसम्म बैंकिङ समय हुनेछ। प्रत्येक शुक्रबार बिहान १० बजेदेखि अपराह्न १२ः३० बजेसम्म बैंकिङ समय हुनेछ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !