काठमाडौं। भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आज बिहीवारबाट साधारण सेयर निष्कासन गरेको छ। यो जलविद्युत क्षेत्रको कम्पनी हो। कम्पनीले कुल जारी पुँजीको २० प्रतिशत सेयर निष्कासन गरेको हो।
नियामक धितोपत्र बोर्डबाट निष्कासनको अनुमति पाइसकेको यस कम्पनीले ३८ करोड २५ लाख रुपैयाँ बराबरको ३८ लाख २५ हजार कित्ता सेयर निष्कासन गरेको हो। कम्पनीले उक्त सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने छ।
भिजन लुम्बिनी ऊर्जा कम्पनीले २५ मेगावाटको सेती नदी जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजना नेपालकै एक पृथक पहिचान बोकेको नमूना आयोजना रहेको कम्पनीको विश्वास छ।
आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको छ। आयोजना कास्कीको माछापुच्छ्रे गाउँपालिका(२ सार्दिखोलामा बनिरहेको छ। विसं २०७७ भदौदेखि विद्युत् आयोजना निर्माण सुरु भएको थियो।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !