काठमाडौं। नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड(नेप्स)ले लाभांश प्रस्ताव पारितका लागि साधारण सभा आह्वान गरेको छ। कम्पनीले कात्तिक २३ गते अरण्या बुटिक होटलमा १०औं वार्षिक साधारण सभा आह्वान गरेको हो।
साधारण सभाबाट २१.०५३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने तालिका छ। उक्त लाभांश प्रस्तावमध्ये २० प्रतिशत बोनस सेयर हो। बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले १.०५३ प्रतिशत नगद लाभांश दिने छ।
साधारण सभाले पारित गरेपछि लगानीकर्ताले लाभांश पाउनेछन्। कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको तयारी समेत गरेको छ। त्यसका लागि साधारण सभामा प्रस्ताव लगिंदैछ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !