काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको अवसरमा मंगलवार दिउँंसो राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारण, अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई टीका तथा जमरा लगाई दिएका छन् ।
उनले प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, सांसदहरू, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख, निजामती कर्मचारीलगायतलाई शीतल निवासमा अपराह्न २ देखि ३ बजेसम्म टीका जमरा लगाएका हुन् । ।
त्यस्तै राष्ट्रपति पौडेलले मंगलवार दिउँसो ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई पनि टीका–जमरा लगाईदिए ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !