काठमाडौं । दसैंको बिदामा पनि केही वाणिज्य बैंकले सातै प्रदेशका शाखा खोलेर सर्वसाधारणलाई सेवा दिएका छन् ।वाणिज्य बैंकहरुले फुलपात्दिेखि त्रयोदशीसम्म शाखा खोलेर ग्राहकलाई सेवा दिने भएका छन् ।
बैंकहरुले ग्राहकको सेवालाई मध्येनजर गर्दै ९ गतेसम्म सबै प्रदेशका केही शाखा बिहान १० देखि दिउँसो १ बजेसम्म खोलेर सेवा दिने जनाएका छन् । केही बैंकले भने बिहान ११ देखि ४ बजेम्म पनि सेवा दिने जनाएका छन् ।कृषि विकास बैंक, एनएमबी बैंक,लक्ष्मी सनराइज बैंक,सिद्धार्थ बैंक,प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनआईएमबी बैंक,नबिल बैंक, प्राइम बैंक, सानिमा बैंक लगायतले बिदामा पनि आफ्नो सेवालाई समय मिलाएर निरतरता दिने भएका हुन् ।
कुन कुन बैंकले कसरी दिँदै छन् सेवा ? हेरौँ सूचना-
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !