काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफुले लिँदै आएको कमिसन घटाएको छ । बोर्डले बुधबार कमिसन १० प्रतिशतले घटाएको हो ।
लगानीकर्ताले ब्रोकरलाई दिने कमिसन १० प्रतिशतले घटेको छ भने ब्रोकरले सेबोनलाई दिने शुल्क १० प्रतिशतले घटाएको बोर्डले जनाएको छ । लगानीकर्ताले सेबोनलाई दिने कमिसन पनि ७ प्रतिशतले घटेको छ ।
त्यस्तै बोर्डले ब्रोकर कमिसन घटाउने प्रस्ताव अर्थमन्त्रालयमा पठाएको छ। बुधबार बसेको संचालक समितिको बैठकले ब्रोकरहरुको कमिसनसहित नेप्से र सेबोनको नियामकीय सेवा शुल्क कटौतीको निर्णय गर्दै मन्त्रालयमा प्रस्ताव पठाएको हो।बोर्डमा उक्त निर्णय भएपछि अन्तिम स्वीकृतीका लागि अर्थ मन्त्रालय पठाइएको छ । अर्थ मन्त्रालयले त्यसको जवाफ पठाएपछि बोर्डले नयाँ ब्रोकर कमिशन दर सार्वजनिक गर्ने स्रोतको भनाइ छ ।
हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४ प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत ब्रोकर कमिसन काटिन्छ।त्यस्तै, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोडभन्दा बढी रकमको कारोबारमा ०.२७ प्रतिशत कमिसन लाग्ने गरेको छ ।
अब यसअघि रहेको ०.४० प्रतिशतको माथिल्लो सीमालाई ०.३० प्रतिशत कायम गर्ने र ०.२७ प्रतिशत रहेको तल्लो सीमालाई घटाएर ०.२५ प्रतिशत कायम गर्ने बोर्डको तयारी रहेको बुझिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !