काठमाडौं । बैंकहरुले असोज २९ गतेदेखि दसैंका लागि नयाँ नोट सटही गर्न सुरु गरेका छन्। नेपाल राष्ट्र बैंकले केन्द्रीय कार्यालय बालुवाटार आफ्ना प्रादेशिक कार्यालयहरुमार्फत बैंक तथा वित्तीय संस्था, सर्वसाधारण र संस्थागत रुपमा नयाँ नोट सटही कात्तिक ३ गतेसम्मका लागि खुलागरेसँगै बैंकहरुले यो सुविद्या सुरु गरेका हुन्।
वाणिज्य बैंकहरुले सीमित शाखाहरुबाट मात्रै सर्वसाधारणलाई नयाँ नोट सटही सुबिधा दिंदै आएका छन् । वाणिज्य बैंकहरूले निश्चित शाखा कार्यालयहरू तोकेका छन् । एक पटकमा एक व्यक्तिले १८ हजार ५०० रुपैयाँसम्म नयाँ नोट साट्न सक्नेछन् । ५, १०, २०, ५० र १०० रुपैयाँका नोट सटहीको व्यवस्था मिलाइएको केन्द्रीय बैंकको भनाइ छ। दसैं र तिहारमा हरेक वर्ष ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ।
कुन–कुन बैंकको कुन–कुन शाखाबाट साट्न पाईन्छ नयाँ नोट ?
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !