काठमाडौं । भदौ महिनामा रेमिट्यान्स २२.१ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तिय स्थिति अनुसार गत आर्थिक बर्षको तुलनामा चालू आर्थिक वर्षको भदौ महिनामा २२.१ प्रतिशतले रेमिट्यान्समा वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह(रेमिट्यान्स) २२.१ प्रतिशतले वृद्धि भई २ खर्ब २८ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति(संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८.३ प्रतिशतले कमी आई ७४,४५५ कायम भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८.३ प्रतिशतले कमी आई ३२००४ कायम भएको छ । अघिल्लो बर्षको सोही अवधिमा यस्तो संख्या ७०.६ प्रतिशतले बढेको थियो ।
त्यस्तै, समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई २ खर्ब ५१ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही
अवधिमा यस्तो ट्रान्सफर १९.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !